Thursday 24 August 2017

स्वाभिमान, गर्व, स्वीकारोक्ति र सम्मान

स्वाभिमान, गर्व, स्वीकारोक्ति र सम्मान 

Dignity, Pride, Acceptance and Respect


NRNA NZ को चुनाव पश्चात विश्रामको अवस्थामा रहे पनि सोचाई (र लेखाई) रोकिएको छैन, र रोकिने छैन। चुनावको बेला हामीले उठाएका मुद्दा हरु अब के हुन्छ भन्ने धेरै साथीहरुको  को उत्सुकतामा हाम्रो एस्तो सोच रहेको छ -

न्यु जिल्याण्ड को नेपाली समाजको हित (welfare) र पहिचान (identity) को रक्षा हाम्रो लक्ष (goal) हो। परिवर्तन, पारदर्शिता र जवाफदेहिता त्यो लक्ष सम्म पुग्न आवश्यक मुल्य मान्यता (principles) हुन्।

परिवर्तन, पारदर्शिता र जवाफदेहिता को हाम्रो अभियान यात्रा (journey) हो, ति आफैमा गन्तब्य (destination) होइनन्। हाम्रो यात्रा निरन्तर जारी रहने छ। यस यात्रा क्रममा NRNA NZ का साथ साथै न्यु जिल्याण्ड को नेपाली समाजका अरु महत्वपूर्ण माईल स्टोन हरु पनि पार गरिनेछन् भन्ने हाम्रो मान्यता र आकांक्षा हो। यस यात्रामा यहाँ हरु मनकारी सबैको साथ अत्यावश्यक, महत्वपूर्ण र निर्णयकारी सावित हुने छ।

यो यात्रा तय गर्न हामिले आफ्नो आचरण (attitude) र व्यवहार (behaviour) विचार र मनन गर्न पर्ने हुन्छ जस्तो लाग्छ। आचरण र व्यवहार हरुको कुरा गर्दा निम्न चार प्रमुख हुन सक्छन् (अरु पनि होला):

१. स्वाभिमान (dignity) - हामी नेपाली स्वाभिमानी हौँ। इतिहासमा हाम्रो स्वाभिमानमा कहिले आँच आएको छैन। स्वाभिमानका साथ बाचौं र बाँच्न दिउँ।

२. गर्व (pride) - नेपाली हुनमा हामीलाई गर्व छ। आफ्नो नाम र काम मा गर्व गरौँ; अरुको गौरव गर्न पाउने अधिकारको रक्षा र सम्मान गरौँ।

३. स्वीकारोक्ति (acceptance) - भिन्न मत, विचार र सोच (diversity) समाजका गहना हुन् , तिनको उपस्थितिलाई सहज रुपमा सहर्ष स्वीकार गरौँ।

४. सम्मान (respect) - आफ्नो स्व-सम्मान (self respect) को खयाल गरौँ; अरुलाई कुनै भेद भाव नगरी सम्मान जनक व्यवाहार गरौँ।

अन्तामा, Evelyn Beatrice Hall को यो भनाई संगै गुड नाइट, "I do not agree with what you have to say, but I'll defend to the death your right to say it".
*****

No comments:

Post a Comment