Tuesday 22 August 2017

सहि र गलत बारे निर्धक्क बोलौं

सहि र गलत बारे निर्धक्क बोलौं

Let us SPEAK UP ... 


जो जस संग सम्बन्धित छ, कृपया सत्य तथ्य प्रकाश पारि दिनु हुन विनम्र हार्दिक अनुरोध ...

न्यु जिल्याण्ड को नेपाली समाजमा एउटा सम्बोधन गर्नै पर्ने मुद्दा छ - सहि लाइ सहि र गलत लाई गलत भनेर खुलस्त रुपमा प्रस्तुत नहुने र हुन नरुचाउने बानी। हामीले यो मुद्दा सम्बोधन नगरे सम्म, तै चुप मै चुपको अवस्थामा हाम्रो समाज स्वस्थ रुपले अगाडी बढ्न सक्दैन।

यस्ता बोल्नै पर्ने र सम्बोधन गर्ने पर्ने निक्कै गम्भीर मुद्दा हरु छन्। हाल लाई भरखरै सम्पन्न NRNA NZ को चुनावका क्रममा उठाइएका केहि मुद्दा हरुलाई एक पल्ट हेरौं।

अगाडी लेख्नु अघि यस लेख सम्बन्धि केहि बुँदा हरु प्रस्ट पार्न चाहन्छु:
१. व्यक्तिगत रुपमा नभई केहि सिमित व्यक्तिहरुले लगाउनु भएको लान्छना, उठाउनु भएको मुद्दाहरु र वहाँ हरुको विचार माथि प्रश्न गरिएको हो।
२. चुनाव सकिएपछि किन यो कुरा? चुनावमा हाम्रो नकारात्मक प्रचार प्रसार नगर्ने प्रतिवद्दता थियो। जसको मर्म अनुसार हामीले अरुको कमजोरीका कुरा नभई आफ्ना मुद्दा हरुको बलमा प्रचार प्रसार लाई निरन्तरता दियौं र अन्तिम समय सम्म आफ्नै मुद्दाहरुको बारे मात्रै चर्चा गर्यौं। चुनाव को माहोल नबिग्रियोस् भनि हामीले हाम्रो बिरुद्द गरिएका झुठो प्रचार प्रसार को आगोमा घिउ नथप्ने निर्णय गर्यौं।
३. अब यो कुरा किन त? सहि र गलत को फरक सबैले थाहा पाउन्। मौनता लाई स्वीकारोक्ति नठानियोस्।
४. झुठो आरोप लागाउने साथीहरुले यो बुझ्न जरुरी छ कि, प्रमाणित गर्न नसक्ने आरोपका विरुद्द न्यू जिल्याण्डको कानुन अनुरुप मान हानिको र अरु गम्भीर मुद्दाहरु पनि पर्न सक्छ। भलै हाल लाई तेता तिर जाने हाम्रो सोच छैन तर त्यो उपचार उपलब्ध चाहिं छ आवश्यक परेको खण्डमा।

चुनावका क्रममा केहि साथी हरुले मलाई व्यक्तिगत रुपमा केहि लान्छना लगाउनु भयो। ति मध्ये दुई विषय प्रति मेरो घोर विमति छ। ति दुवै लान्छना सरासर गलत हुन्।

क. संस्था फुटाएको भन्ने अत्तिनै अप्पतिजनक र सरासर गलत लान्छना:
यस बुँदा को सम्बन्धमा यत्ति भन्न चाहन्छु कि सन् २००० तिरको यो कुरा आज २०१७ मा त्यो पनि चुनावको बेला उठाइनु ले नै यो मुद्दाको औचित्य र यसलाई उठाउनुको उदेश्य बारे धेरै कुरा छर्लंग गर्छ। म न्यु जिल्याण्ड आएको सेप्टेम्बर २००५ मा हो, जुन बेला सम्ममा विधान ड्राफ्ट गर्ने लगायतका न्यु जी ल्याण्ड नेपलिज असोसिएसन (NZNA) बन्ने आधिकारिक प्रक्रिया निक्कै अगाडि बढि सकेको थियो। NZNA बन्ने माहोल भने २००५ अगाडी नै तयार भएको हो। २००५ सम्ममा न्यु जिल्याण्डमा आई सक्नु भएका साथी हरुले तेस ताकाको तथ्य पुस्टि गर्न सक्नु हुन्छ। संस्था हरुको निर्णय संस्थागत र सामुहिक हुन्छ, व्यक्तिगत होइन। म न्यु जिल्याण्ड आउनु अगाडी नै सम्पन्न भई सकेका र म संलग्न नै नभएको प्रक्रियाको दोष मलाई लगाउने जस्तो सरासर झुठो कुरा गर्ने साथी हरुलाई यहाँहरुले एक पल्ट प्रश्न गर्नु होला, शायद जवाफ वहाँ हरु संगै हुनु पर्छ।

ख. २०१५ को भुकम्पमा विद्यार्थीहरुलाई स्कुल फिस तिर्न सहयोग गरिएको रकम नेपाल पठाउन उठाइएको थियो भन्ने अत्तिनै गम्भीर र गलत लान्छना:
यस्तो पवित्र कामको पनि बादनामी गर्न खोजेको सुन्दा पहिला त मालाई विश्वास नै लागेन। भारतिय र चिनिया मन्दिर र संस्थाहरुले भुकम्प बाट प्रतक्ष्य प्रभावित विद्यार्थी हरुलाई स्कुल फिस तिर्न सहयोग गर्ने वहाँ हरुको पवित्र मनसाय अनुसार उक्त सहयोग नेपाली विद्यार्थी भाई बहिनिहरु सम्म पुगोस् भनि भारतिय र चिनिया मन्दिर र संस्थाहरुको विशेष अनुरोधमा मैले विद्यार्थी, स्कुलहरु र दाता हरु विच समन्वय (co-ordinate) गरेको हो। रकम के कति कसलाई दिने भन्ने निर्णय प्रक्रियाका आधारमा रकम दिने दाता मन्दिर र संस्थाको रहोबरमा भएको हो। म निर्णय गर्ने टिममा थिइन। जम्मा करिब ४०,००० डलर एक जना लाई १,००० देखि ३,००० सम्म समस्याको मारको आधारमा लगभग ३ महिना लामो प्रक्रिया पछि वितरण भएको हो। यो प्रक्रिया मा निर्णयमा पुग्न अगाडी विधार्थी हरुबाट वहाँ हरुलाई परेको असर बारे, स्कुलका प्रतिनिधि हरु संग विद्यार्थी हरु बारे र नेपाल सम्पर्क गरि भुकम्पको असर बारे जानकारी संकलन गरिएको थियो। लाभान्वित विद्यार्थी हरुको गोपनियताको लागी वहाँहरुको नाम खुलाउन नमिले पनि यस विषय मा २०१५ ताका यहाँ हुनु भएका विद्यार्थी भाई बहिनिहरुलाई सोध्नु भए प्रस्ट हुन्छ। चाहिएमा र चासो भए सहयोगी भारतिय र चिनिया मन्दिर र संस्थाहरुका प्रतिनिधि हरुलाई सम्पर्क गरि सोध्न सक्नु हुन्छ। त्यो ४०,००० रकम नेपाली हरुले उठाएको होइन। त्यो रकम भारतिय र चिनिया मन्दिर र संस्थाहरुले भुकम्प बाट प्रतक्ष्य प्रभावित नेपाली विद्यार्थी हरुलाई स्कुल फिस तिर्न सहयोग गर्ने भनेर भारतिय र चिनिया मन्दिर र संस्थाहरुले वहाँ हरु बीच नै उठाउनु भएको हो र त्यहि कामको लागि उपयोग पनि गर्नु भयो ।


अन्तमा कोठाको सेतो हात्ती नदेखे झैँ गर्नु गलत हो। मेरो अनुरोध यहाँ हरुलाई - आफु साक्षी भएको मुद्दा हरुमा सहि र गलत बारे प्रस्ट र आवश्यकता अनुरुप पब्लिकमै निर्धक्क बोलि दिनु होला ता कि गलत प्रविर्ति हरुबाट नेपाली समाज ले आउने दिन हरुमा ग्रसित हुन नपरोस्। धन्यवाद।

*****

No comments:

Post a Comment