Friday 21 July 2017

गैरआवासीय नेपाली संघ न्युजील्याण्डलाई न्युजील्याण्डमा प्रवासमा रहनु भएका सबै नेपालीको साझा संस्था बनाउने अभियानको लक्षमा पुर्याउने १० खुड्किला

- राज महर्जन, अकल्याण्ड, न्युजील्याण्ड, जुलाई, २०१७
गैरआवासीय नेपाली संघ न्युजील्याण्ड २०१७-१९ (NRNA NZ 2017-19) का लागि अध्यक्ष पदका दावेदार

गैरआवासीय नेपाली संघ न्युजील्याण्ड (NRNA  NZ) र गैरआवासीय नेपाली संघको विश्व ब्यापी संगठन (NRNA  ICC) को विधान तथा गैरआवासीय अभियान (NRN Movement) को मर्म अनुरुप  न्युजील्याण्ड मा बस्ने नेपाली तथा नेपाल र नेपालीको हक हितमा काम र सेवा गर्ने उदेश्यका साथ आएको मेरो उम्मेदवारीलाई दुई वर्ष NRNA NZ को नेतृत्व गर्ने सुअवसर दिनु हुन अग्रज, समकालीन मित्रहरु र नयाँ आउनु भएका साथीहरुलाई विनम्र हार्दिक अहुरोध गर्दछु


आउनु होस् हामी सबै मिली नेपाल पछिको दोश्रो घर सम्झेर न्युजील्याण्डमा प्रवासी भई रहनु भएका नेपाली समुदायको सहि प्रतिनिधित्व गर्ने यात्रामा एक नयाँ आशाका साथ अघि बढौं।


१. NRNA NZ को पहिचान न्युजील्याण्डमा बस्ने सबै उमेर, लिंग, समूह, आस्था, विचार र इमिग्रेसन स्टेटसका नेपालीको बृहत्तर हक हित (greater interest) का लागी प्रभावकारी भूमिका निभाउने संस्थाको रुपमा स्थापित (establish) गर्ने।


२. सकारात्मक सोचका साथ न्युजील्याण्ड भरिका सबै नेपाली र नेपाली संस्थाहरु बिच सहकार्य गर्दै NRNA NZ लाई सबै नेपाली अट्न सक्ने छाता संगठनको अवधारणा संस्थागत (institutionalize) गर्दै अघि बढ्ने। विगत बाट सिक्दै आगामी दिनमा “NRNA NZ हामी सबैको आफ्नै संस्था हो" भन्ने भावना अनुरुप NRNA  NZ र NRNA  ICC को विधान र NRN Movement को मर्म आत्म साथ गर्दै नेपाल र नेपालीको सेवामा सहभागी हुने।


३. नयाँ आउनु भएका साथिहरुको हकमा यहाँ हरुको चुनैती र अवसर हरु पहिचान गर्ने। यहाँ रुको न्यु जील्याण्डको पढाई र बसाई लाई कसरी अझ सहज गर्न सकिन्छ, के सहयोग गर्न सकिन्छ र यहाँहरुले दिनानुदिन झेल्नु पर्ने समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यस बारे पहल र कदमहरु अघि सार्ने। जस्तै: "विद्यार्थी कल्याण कोष" को अवधारणा लाई उजागर गरि दुई वर्ष भित्र एक ब्यबहारिक र गरिमामय उचाई सम्म पुर्याउन पहल गर्ने।


४.न्यु जील्याण्ड का प्रमुख सहर (जस्तै: Auckland, Christchurch, Tauranga) बाहिर बस्न हुने र काम गर्नु हुने हाम्रा साथीहरुको मुद्दा सम्बोधन गर्न वहाँहरु संग सर सल्लाह गरि उचित पहल गर्ने।


५. व्यवसायी साथीहरुको ब्यापार ब्यबसायमा अझै बढी उन्नति प्रगति का लागी न्युजील्याण्डको स्थानीय तथा  केन्द्रिय सरकार र निजि संघ संस्थाहरु संग समन्वय गर्ने वातावरण तयार गर्न व्यवसायी र संघ संस्थाहरु संग सहकार्य गर्ने।


६. न्युजील्याण्ड मा रहनु भएका नेपाली बौदिक सर्कल (Professor, lecturer, PhDs, PhD students, Masters, professional practitioners) का साथीहरुको बौदिक क्षमता (intellectual potential) लाई उचित सम्मान (respect) र कदर (acknowledgement)  गर्ने। बौदिक केन्द्र (Intellectual Hub) को अवधारणा अनुरुप हाल NRN ग्लोबल द्वारा संचालित initiative of Skill, Knowledge & Innovation (SKI) प्रोग्राममा टेवा पुर्याउने।


७ . न्युजील्याण्डमा बसोबास गर्ने नेपालीहरुको छाता संगठनको रुपमा अरु संघ संस्था हरु संग हाते मालो गर्दै आवश्यकता अनुरुप न्युजील्याण्डको सरकारी तह तथा आम जनमानस बीच नेपाल र नेपालीहरुको स-सक्त प्रतिनिधित्व गर्ने


८. खेलकुद प्रतियोगिता र संस्कृतिक कार्यक्रमहरु न्युजील्याण्ड ब्यापी रुपमा अघि बढाउन उचित संयोजन, मिहेनेत र प्रयास गर्ने।


९. भुटानी नेपाली साथीहरु संगको सम्बन्धमा वहाँहरुलाई वहाँहरुको न्युजील्याण्ड बसाईको यात्रामा सहयोग गर्ने वातावरण तयार पार्न आवश्यक पहल गर्ने।


१०. NRNA NZ को सांगठानिक संरचना (organisationl structure) मा व्यापक सुधार गर्ने। कार्य क्षेत्र र जिम्मेवारी खुल्ने गरि र सबैले बुझ्ने गरि चुस्त संगठन तयार गर्ने। छोटो, मध्यम र लामो समयावधिका कार्य योजना र निती (short, medium and long term plans, policies and strategies) तर्जुमा गर्दै कार्य विभाजन र कार्य सम्पादन गर्ने अभियान चलाउने।


यहाँको समर्थनका लागी हार्दिक धन्यवाद।

*****

No comments:

Post a Comment